शिवनाथका देवान मृत फेला,हत्याको आशंका

बैतडी: दुई दिनदेखि बेपत्ता रहेका जिल्लाकाे बैतडी शिवनाथ गाउँपालिका -०२ सनकोट खाल बस्ने ५१ वर्षीय देवान सिंह साउद मृत फेला परेका छन्।

पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका देवान आज स्थानीय गिठी खाेला भीरमा मृत फेला परेका शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयाे।

बुधबार स्थानीय बजारमा मासु ल्याउन गएका देवान घर नफर्केपछि खाेजतलास गर्दै जाँदा आज अपरान्ह मृत फेला परेका हुन्।

मृत फेला परेका देवानकाे मुखमा निलडाम र टाउकाेमा चाेट रहेकाले हत्याको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको प्रहरीको टाेली घटनास्थलतर्फ गएकाे छ।

मृतक देवानका श्रीमती, पाँच छाेरा र एक छाेरी रहेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!