जेनजी सहिद साउँदकाे घरमा प्रजिअ पाैडेल पुगेपछि

बैतडी: जेन जी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका-०२ का दीपक साउँदकाे परिवारकाे अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेलसहितकाे टाेली घरमै पुगेको छ।

साउँदकै घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पाैडेलले बताउनुभयो ।
उहाँले भन्नुभयाे,” सहिद परिवारकाे अवस्थाबारे बारे जानकारी लिन घरमै पुगेका हाैं। दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट पनि गरेका छाैं। परिवारलाई राज्यतर्फवाट भेटघाट र सरकारकाे भएकाे महसुस गराउन तथा सान्त्वना दिन घरमै पुगेका हाैं। ”

भेटघाटका क्रममा परिवारका कुनै सदस्यलाई राेजगारीकाे व्यवस्था गर्न पहल गर्ने विषयमा पनि कुराकानी भएकाे छ।

उहाँले भन्नुभयाे,” सहिद परिवारका सदस्यलाई राेजगारसंग जाेड्ने र थप सहयाेग गर्न पहल गर्छाै।चाैधरी ग्रुपले राेजगारी दिने कुरा अगाडि बढेकाे छ।”

प्रजिअ नेतृत्वको टाेली भेट्न आउँदा र पारिवारिक अवस्था बुझिदिदा खुसि लागेकाे सहिद साउँदकी आमा लक्ष्मी साउँदले बताउनुभयो।
उहाँले भन्नुभयाे,” घरमै आएर हाम्राे अवस्था बुझ्नुभयाे, सान्त्वना दिनुभयो र राेजगारी दिने कुराले खुसी लागेकाे छ।”

दीपककाे परिवारलाई यसअघि सरकारकाे तर्फबाट १५ लाख र शिवनाथ गाउँपालिकाले १ लाख सहयाेग गरेकाे थियाे।

२० वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौंको कालीमाटीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते दीपकको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो ।

साउँद कक्षा १२ पास गरेर कोरिया जानका लागि ,काठमाडौंमा भाषा सिकिरहेका थिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!