पञ्चेश्वरमा युवक मृत फेला

बैतडी: बैतडीकाे पञ्चेश्वरमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा पन्चेश्वर – १ का अन्दाजी २५ वर्षीय तेज बहादुर चन्द रहेका छन्।

चन्द   पन्चेश्वर – ४  को चौडली भन्ने स्थानमा सडक किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । प्रहरी निरीक्षक बडू नेतृत्वको टाेली घटनास्थल पुगेकाे छ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!