घरवारविहीन जानकीलाई दुई लाख २५ हजार सहयोग हस्तान्तरण

बैतडी: घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका ४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई दुई लाख २५ हजार सहयाेग हस्तान्तरण गरिएको छ।
विभिन्न व्यक्तिहरूबाट संकलित उक्त रकमलाई आज हस्तान्तरण गरिएको सहयाेग संकलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिनुभयाे।
जानकीका श्रीमान नरेश महराकाे गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियाे।
श्रीमानकाे निधनपश्चात घरसमेत नरहेकी जानकीले किरिया समेत छिमेकीकाे घरमा बस्नुभएकाे थियाे।
नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए। घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशकाे पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवास गृहमा बस्दै आउनुभएको थियाे।
लगत्तै श्रीमानकाे मृत्युपश्चात जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयाेग संकलन अभियान सञ्चालन गरिएको थियो ।
अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हाे।
जानकीकाे बैंक खाता समेत नहुँदा पत्रकार महराले नै सहयाेग संकलन अभियान चलाउनुभएकाे थियाे।
सहयोग गर्नुहुने सबै दाताहरूलाई धन्यवाद समेत ज्ञापन गरिएको छ।
यसैबीच पिडीत जानकी महराको काठमाडौंस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाकाे पठनपाठनकाे व्यवस्था गरेकाे छ। जानकी बालबच्चासहित काठमाडौं जाने तयारीमा हुनुहुन्छ । जानकीका दुई छाेरी एक छाेरा छन्।
यस्तै जानकीले आफ्नै खाता समेत खाेल्नुभएकाे छ।
सहयाेग गर्न चाहनेले जानकी महराकाे बैतडीस्थित ग्लाेबल आईएमई बैंककाे खाता नम्बर 38707010014818 जम्मा गर्नसक्नुहुनेछ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!