हल गोरु पाल्ने बैतडीका कृषकलाई पाँचहजार पोत्साहन

बैतडी: हल गोरु पाल्ने बैतडीकाे दुर्गमका कृषकले पोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई पाँच हजार दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका निमित्त कार्यालय प्रमुख गुमानी दत्त पन्तले बताउनुभयो ।

प्रदेश सरकारको हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तगत १० लाख बजेट रहेकाले चार स्थानीय तहका दुर्गम वडामा बस्ने नियमीत हलगोरु पाल्ने कृषकलाई पाँच हजार पोत्साहन स्वरुप दिन लागिएको हाे।

एकै कृषकले परम्परागत रुपमा हल गोरु पालेकाे भए गाउँपालिका पशु विकास शाखामा निवेदन दिनुपर्नेछ । पन्तका अनुसार एक गाउँपालिकाबाट ५० जना हल गोरु पालन गर्ने कृषक गाउँपालिकाले छनोट गरिनेछ ।
निवेदन दिने म्याद पुुस २७ सम्म रहेकाे छ।

गाउँपालिका भित्र पनि दुर्गम वडाका न्यून आय भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । गाउँपालिकाहरुसंग समन्वय गरेर कार्यक्रम गर्ने लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ ।

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!