बैतडी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र भारतीलाई खटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले जनाएको छ ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको थियो ।
भारतीले यसअघि पनि सुर्नया गाउँपालिकामा काम गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी निर्वाह गरिसकेका भारतीले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् ।

