पाटनले एचआइभी संक्रमितहरुलाई पोषण खर्च दिँदै

बैतडी: बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षमा पनि एचआइभी संक्रमितहरुलाई पोषण खर्च उपलब्ध गराउने भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा आर्थिक बर्ष २०७९÷८० देखि एचआइभी संक्रमितहरुलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको हाे।

चालु आर्थिक बर्षमा एचआइभी संक्रमितहरुलाई पोषण खर्च उपलब्ध गराउन एक लाख बजेट विनियोजन गरिएको जनाएको छ । अहिले नगर क्षेत्रभित्र ३६ जना एचआइभी संक्रमित रहेका छन् । उनीहरुलाई सोही एक लाखबाट पोषण खर्च उपलब्ध गराउने याेजना रहेकाे छ ।

आर्थिक बर्ष २०७९÷८० मा एचआइभी संक्रमितहरुलाई ३ दिने व्यवसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रति व्यक्ति १२ हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ ।

आर्थिक बर्ष २०८०÷८१ मा पोषण खर्च बाफत प्रति व्यक्त ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो ।
गत आर्थिक बर्षमा ३५ जनालाई ५ हजार ७ का दरले पोषण खर्च उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयाे ।

एचआइभी संक्रमितहरुलाई जीवनयापनमा केही सहज होस भनेर पोषण खर्चका लागि रकम विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!