दीपकराज दीर्घायु/बैतडी: मेलौलीमा नगरस्तरीय विज्ञान शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार मणिलेक माध्यमिक विद्यालयको विज्ञान विषय प्रर्वद्धन कार्यक्रमको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो।
मणिलेक माध्यमिक विद्यालयका विज्ञान शिक्षक नेटवर्क संयोजक रमेश कुमार जोशीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा मेलौली नगरपालिकाका ११ माध्यमिक विद्यालयका मा.वि तहका विज्ञान शिक्षक, मणिलेक माविका विज्ञान शिक्षक तथा सिविल ईन्जीनियरिङ तर्फका शिक्षक र प्रशिक्षक गरि २५ जनाको सहभागिता रहेको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रमबाट केहि महत्वपूर्ण निर्णयहरु गरिएको जनाईएको छ। मेलौलीमा नगरस्तरीय विज्ञान शिक्षक नेटवर्क गठन गर्ने निर्णय भएको छ। जस अन्र्तगत मणिलेक माविका शिक्षक तेजसिह बिष्टको संयोजकत्वमा विज्ञान शिक्षक नेटवर्क गठन गरिएको जनाईएको छ।
नेटवर्ककको सह-संयोजकमा नारायण दत्त जोशी, सचिवमा हरिष बहादुर चन्द, सह-सचिवमा महेश सिह नायक र कोषाध्यक्षमा मनिषा जोशी सहित १३ सदस्यीय नेटवर्क गठन गरिएको प्रधानाध्यापक कलौनीले बताउनुभयो।
यसैगरी मणिलेक माध्यमिक विद्यालयको आयोजनामा यहि पौष १६ गते हुने विज्ञान प्रदर्शनीमा बढिभन्दा बढिलाई सहभागि गराउने, विज्ञान विषयलाई रोचक र आर्कषक बनाउन सबै विद्यालयहरुले प्रयास गर्ने, नगरपालिका भरिका विज्ञान शिक्षकहरुलाई शैक्षिक अवलोकन गराउन नगरपालिका र मणिलेक माविसगं पहल गर्ने निर्णय गरिएको जनाईएको छ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुलाई मणिलेक माविका प्रधानाध्यापक कलौनीले विज्ञान विषय प्रवद्र्धन कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो।
