दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

दार्चुला: मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार आज राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!