बैतडी: बैतडीसहित सुदूरपहाडका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज राति ८:३६ मा दार्चुलाको बाेहरीगाउँ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लामा गरिएको हाे।
उक्त भूकम्प ३.४ रेक्टर स्केलकाे रहेको केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिनुभयाे।
भूकम्पकाे धक्का महसुस बैतडी,दार्चुला,बझाङ जिल्लामा गरिएको जनाएको छ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीको भनाइ छ।
