सुदूरपश्चिममा पुस ४ गते सार्वजनिक बिदा

सुदूरपश्चिम: भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिईएको छ । पुष ४ गते शुक्रबारका दिन सुदुरपश्चिममा भुवा पर्वको उपलक्ष्यमा प्रदेश सरकारले बिदा दिएको हो ।

२०८१ चैत्र २१ गतेको बसेको मन्त्रीपरिषदको वैठकले भुवापर्वमा बिदा दिने निर्णय गरेको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।

पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ।

द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!