सुर्नयाकाे राष्ट्रपति रनिङ शिल्ड पुस १० देखि

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले यही पुस १० गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाले आज एक सूचना जारी गर्दै पुस १० देखि रौलेश्वर मावि रामकी बरायलमा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । उक्त प्रतियोगितामा भाग लिने पालिकाभरीका माध्यमिक विद्यालयहरुलाई पुस ८ गतेभित्र दर्ता गरिसक्न आग्रह गरिएको छ । विद्यालयहरुले रौलेश्वर मावि रामकी बरायलमै प्रतियोगितामा सहभागिताका लागि फारम दर्ता गर्नुपर्ने सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताउनुभयाे । 

जिल्ला खेलकुद विकास समितिले माघ महिनामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएकाले त्यसअघि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हाे।

पालिकास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु समेटेर जिल्लास्तरीय प्रतियोगितामा भाग लिनका लागि पालिकाको टीम तयार पारिने बताइएको छ । 

प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा एथलेटिक्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

प्रतियोगितामा भाग लिने विद्यार्थी १८ बर्ष मुनिको हुनुपर्ने र कक्षा १२ सम्म नियमित अध्ययनरत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!