राष्ट्र निकै ठुलो चुनौतीको सामना गरिराखेको अवस्था छ। भाद्र २३ र २४ गते नयाँ पूष्ता GEN Z ले गरेको प्रदर्शनले मुलुक राज्य विहिनता (Statelessness ) को अवस्थामा पुर्याएको थियो। नेपालकै ईतिहासमा यो निकै कहालिलाग्दो क्षण थियो।
मुलुक यति गहिरो संकटमा परेका बखत सारा नेपालीलाई अव के हुने हो भन्ने अन्योलताका बिच विश्व मानव समुदायलाई नै सन्देश दिने गरी शान्तिपूर्ण ढंगले लाखौ युवा दर्शकहरु स्टेडियममा राखेर NPL नेपाल प्रिमियर लिग जस्तो विराट खेल प्रतियोगिता सम्पन्न भएको छ। यो निकै गौरवको क्षण हो। संसार यसबाट पुरै अचम्मित छ। नेपालीहरु विर गोरखाली मात्रै होइनन् , लोकतन्त्र, मानव अधिकार, समृद्धि, विकास र दिगो शान्तिका संसारकै गुरु हुन भन्नेमा विश्व कन्भेन्स भएको छ।
यो प्रतियोगिता हामि नेपालीहरुको विश्वमा शान्तिको परिचय पुनः परिभाषित गर्नमा निकै आवश्यक थियो र सावित भएको छ। यस विषम समयमा यो प्रतियोगिता सम्पन्न गरेर विश्वलाइ सन्देश दिने व्यक्तिलाई हामि नेपालीले विर्सन सक्दैनौ र विर्सनु हुँदैन, उहाँको नाम हो “चतुरबहादुर चन्द” सुदूरपश्चिमले अन्तिम खेल हार्दै गर्दा क्यानका सफल नेतृत्वकर्ता अध्यक्षको जिम्मेवारीमा रहेका चतुरबहादुर चन्दले साच्चिकै अर्कोतर्फबाट देशलाई जिताएका छन।
नेपालीहरु नेतृत्वको अभावको सामना गरिराखेका बखत बैतडि घर भएका क्यान अध्यक्ष चन्दले देशलाई नै पटक पटक खेलको माध्यमबाट जिताएका छन। यो उहाँको कुशल नेतृत्वको कारण संभव भएको हो। राष्ट्रिय स्तरमा यति ठुलो जोखिम भएको समयमा नेपाल प्रिमियर लिग जस्तो प्रतियोगिता सम्पन्न भएपछि मैले उहाँको बारेमा खोजे, के गर्नुहुन्छ ? पृष्ठभूमि के हो ? अबको योजना के छ ? जस्ता विषयहरु केन्द्रमा राखेर खोज्दा क्यानका अध्यक्ष चन्द निकै सुन्दर सुदूरपश्चिमको भविस्य देखियो। राष्ट्रिय स्तरमा नै उहाँको जस्तो कुशल नेतृत्व भएको नेता आवस्यक देखियो।
बैतडी घर भएका चन्द प्राज्ञिक नेतृत्व हुन, नेपाली कंग्रेशबाट राजनीतिक अभ्यास गरिराखेका छन। उहाँको व्यक्तित्वलाई हेर्दा तीन कुरा स्पष्ट हुन्छन।
पहिलो: स्पष्ट राजनीतिक दृष्टिकोण: बैतडी सुदुरपश्चिमको यस्तो जिल्ला हो जहाँबाट लोकेन्द्रबहादुर चन्द ४ पटक प्रधानमन्त्री बने, दामोदर भण्डारी ४ पटक मन्त्री बने, अरु थुप्रै नेताहरु उत्पादन भएका छन तर यी नामहरुले बैतडीको पिडा समाधान गर्न सकेनन्, चतुरबहादुर चन्दलाई बुझ्दा उहाँमा बैतडी बनाउने निकै ठुलो सपना छ,
के के कुरा गर्दा बैतडी बन्छ भनेर सोधेको प्रश्नमा उहाँ भन्नुहुन्छ बैतडी बनाउनको लागि मुलत: महाकाली करीडोरको निर्माण कार्य पुरा गर्ने, झुलाघाटमा मोटरेवल पुल हाल्ने, राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने, आधारभूत विकासका संरचना निर्माण गर्ने, रणनैतिक सडकहरु समयमा निर्माण सम्पन्न गर्ने यस अन्तर्गत सिल्लेगाडा पुर्चौड हुँदै बझाङको बुङ्गल जोड्ने, ढोल्यामोड पुर्चौडीलाई डिलासैनी हुँदै गोकुलेश्वर सम्म पुर्याउने, देहिमाण्डौं हुँदै तल्लो स्वराड क्षेत्र , महाकालि सम्म पक्कि सडक विस्तार गर्ने, सीगास गाँउपालोकादेखि सेती सम्मको बाटो पिच गर्ने, ग्वाँल्लेक, सिगास, धरमघर रौला जस्ता वनहरुको विकास, संरक्षण र त्यसबाट रोजगारी सिर्जना गर्ने आदी,
दोस्रो: सदाचारीता नैतिकता र निष्ठा:
दशरथ चन्दका परिवारका सदस्य समेत रहनुभएका चतुरबहादुर चन्द सरल छन, अत्यन्तै सदाचारी छन, यति सम्मकि आज सम्म कुनै पनि आर्थिक मामिलामा उहाँको नाम जोडिएको पनि छैन, बैतडीको बस्कोटमा बस्छन, सधै जिल्लाको विकासको र देशको चिन्ता गर्छन।
तेस्रो: युवाहरुको ढुकढुकी: बैतडीका मात्रै नभएर सुदूरका युवाहरुलाई यो देश बन्छ, हाम्रो सुन्दरपस्चिम बन्छ भन्ने भरौसा दिएका छन। क्रिकेट संघमा मात्रै होइन आफ्ना हरेक राजनीतिक क्रियाकलापमा युवाहरुलाइ केन्द्रमा राख्ने चन्द आफु पनि युवा, युवाहरुलाफ नै समेटेर विकासको नेतृत्व गर्न सक्षम हुनुहुन्छ।
कुनै पनि व्यक्तिको सफलतताले नेतृत्वशैली थाहा हुन्छ। चन्दले प्रतिकुल समयमा समेत यति ठुलो प्रतियोगिता सम्पन्न गर्नु, नेपाललाई पटक पटक विश्वकप सम्म पुर्याउनु सानो विषय होइन। यो कुनै सानो नेतृत्व कुशलताबाट हुने विषय होइन । यसका लागि निकै ठुलो त्याग, समर्पण, नेतृत्व क्षमता चाहिन्छ। जुन चतुर वहादुर चन्दमा देखिन्छ।
उनै चन्द बैतडी जिल्लाबाट आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट बहुमतका साथ उम्मेदवार बनेका छन। बैतडीबासी निकै खुसी छन, बैतडीका युवाहरुको एउटा मात्र स्वर छ “ चतुर आउ, बैतडी बनाउ” निकै विश्वासका साथ युवादेखि सबै उमेरका बैतडिले जनताले गुनगुनाउने यो आवाज सत्य बनोस, सबै कुरा भएर पनि राम्रो नेता नपाएर हारेका बैतडी बासीहरु चतुर जस्तो कुशल नेतृत्वलाई जिल्ला बनाउने जिम्मा दिएर जितुन। बैतडीबासीमा निकै ठुलो शुभकामना छ।
एनपिएल सफलतापूर्वक सम्पन्न गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै बधाई समेत दिए ।

