बैतडी: बैतडीको तल्लोस्वराडमा विद्युतिकरण र दुरसञ्चार विस्तारबारे छलफल गरिएको छ। शुक्रबार शिवनाथको सुल्लेखानमा तल्लो स्वराडका तिनै पालिकालाई लछित गरि विद्युतिकरण र दुरसञ्चार विस्तारबारे छलफल गरिएको हो।
प्रमुख जिल्ला अधिकार पुण्यबिक्रम पौडेलको प्रमुख आतिथ्यमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीको जानकारी दिएको छ। तल्लो स्वराडका तिन पालिका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पूर्णरुपमा विद्युतिकरण र दुरसञ्चार विस्तारबारे छलफल गरिएको हो।
तिनै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल टेलिकम बैतडीका कार्यालय प्रमुख नारायण दत्त भट्ट, नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख अभेश्वर शाहसगं छलफल तथा अन्तरक्रिया गरिएको जनाईएको छ। तल्लो स्वराडका अधिकाशं ठाउमा विद्युत विस्तार नभएको र नेटवर्कको समस्या हुने गरेको समस्यालाई मध्यनजर गर्दै छलफल गरिएको छ। केहि ठाउमा भारतीय नेटकर्वको भर पनुपर्ने अवस्था समेत भएकाले पूर्णरुपमा विद्युतिकरण र दुरसञ्चार विस्तारबारे छलफल गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
छलफल पश्चात विद्युतिकरण र दुरसञ्चारको पहुँच नभएका क्षेत्रमा एकवर्षभित्र विद्युतिकरण र दुरसञ्चार विस्तारबारे पहल गरिने जनाईएको छ। छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायव उपरिक्षक दिपक कुमार राई, शसस्त्र प्रहरी नायव उपरिक्षक जंग बहादुर कुवर, राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख देवेन्द्र कुमार थापा, ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्द, जनप्रतिनिधि, कपडा बैंक बैतडीका संयोजक महेश दत्त भट्ट र पत्रकार लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।
साथै सोहि कार्यक्रममा शसस्त्र प्रहरी बलले आगलागि नियन्त्रण सम्बन्धी र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हत्याहिशां न्यूनीकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको थियो।
