श्रीमानको मृत्युपछि बिचल्लीमा जानकी,सहयोगको अपिल

सुरेश महरा/बैतडी:
बैतडीको सुर्नया गाउँपालिका ४ की जानकी महरा श्रीमानको मृत्युपछि बिचल्लीमा परेकी छन् । श्रीमानको मृत्युपछि आर्थिक अभाव रहेकी जानकारी श्रीमान किरिया गर्न छिमेकीको घरमा बसेकी छन् ।
यही मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि नै श्रीमान महराले घरजग्गा सबै बेचेको हुनाले अहिले किरिया समेत छिमेकीको घरमा बस्नु परेको जानकीले बताएकी छन् । अहिले छिमेकी दलजीत महराको घरमा किरिया बसीरहेकी छन् ।
आफन्तको सहयोगमा किरिया खर्च जुटाएर बसेकी जानकी बिचल्लीमा परेकी आफन्त गणेश महराले बताउनुभयो । यसअघि जानकीका श्रीमानले रातदिन कुटपिट गर्ने गरेको र घरबार सबै बेचेर श्रीमतीलाई घरबाट निकालेको उहाँले बताउनुभयो । अहिले श्रीमानको मृत्यु भएपछि काजकिरिया गर्न घर आएकी जानकी आफन्तको घरमा बसाएको उहाले बताउनुभयो । “यहाँका घरजग्गा केही छैन, सबै श्रीमानले बेचेका रहेछन्, अहिले किरिया गर्ने कुटी पनि नभएर समस्यामा छिन्, गणेश महराले भन्नुभयो, हामिहरुले सानोतिनो सहोग गरेका छौँ, अब बालबच्चा पढाउन र बस्ने समस्या भयो,” महराले भन्नुभयो । जानकीको घरमा सासुसुरा कोही छैनन् ।
श्रीमानको कुटाइ सहन नसकेर सेफ हाउसमा बस्दै आएकी जानकी झनै समस्यामा परेकी छन् । “मलाई श्रीमानले रातदिन कुटपिट गरेर घरबाट निकालेका थिए, त्यसपछि तीन छोराछोलाई लिएर सेफहाउसको सरणमा पुगेकी हु, यहाँ श्रीमानले सबै घरजग्गा बेचिदिएछन्, अब के गरु?,”

चरम आर्थिक समस्यामा परेकी महराले सहयोगको अपिल गरेकी छन् ।
सहयोगी मनहरुले तलको क्यूआरमा सहयोग रकम पठाइदिन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!