सन्दीप लामिछानेकाे विश्व कीर्तिमान

काठमाडौं: नेपाली क्रिकेट स्टार तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन् ।

उनले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले ५४ टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन् । अफगानिस्तानका राशिद खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए ।

सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए । सन्दीपले आइपीएललगायत थुप्रै विदेशी लिग समेत खेलिसकेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!