एनपिएल: विराटनगर र कर्णाली विजयी

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
विराटनगरले शनिबार भएको दोस्रो खेलमा विराटनगरले काठमाडाैं गोर्खाजलाई ५ विकेटले पराजित गर्याे । विराटनगर किंग्सले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे ।

जसमा जर्ज मुन्सेले सर्वाधिक ३६,नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र रनको योगदान दिए । बलिङमा काठमाडाैंका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङकाे निम्तो पाएकाे काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनायाे। जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्ताेस यादवले २६ रन जाेडे।
विराटनगरका मर्चेन्ट डे लाङले २,कप्तान सन्दीप लामिछाने, सुभम रन्जाने र सुर्य तामाङले १/१ विकेट हात पारे।
पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्राे खेल खेलेको काठमाडाैंले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडाैं दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
जितपछि विराटनगर अंकतालिकाकाे दाेस्राे स्थानमा पुगेकाे छ। काठमाडौं तेस्रो स्थानमा छ।
सुदूरपश्चिम शिर्ष स्थानमा कायमै छ।

यसअघि आजै भएकाे पहिलाे खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको जित निकाल्याे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!