बिडिसिए कप: एनसिसि च्याम्पियन,पञ्चकाेटी उपविजेता

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनाैट तथा बिडिसिए कपकाे २२ औं संस्करणकाे उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)ले जितेको छ।

एनसिसिले उपाधि जित्ने क्रममा पञ्चकाेटी युवा क्लबलाई २७ रनले हरायाे।

उपाधिसंगै एनसिसिले १ लाख पुरस्कार पायाे। उपविजेता पञ्चकाेटीले ५० हजारमा चित्त बुझाएकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।

जितका लागि पाएकाे २४१ रनकाे लक्ष्य पछ्याएकाे पञ्चकाेटी ३९ ओभरमा २१३ रनमा समेटियाे। उसका विरेन्द्र साउँदले अर्धशतकीय पारी खेल्दै ५५ रन जाेडेपनि हार टार्न सकेनन् ।
एनसिसिका जयबहादुर नाथले ४, कप्तान रिसिकेश बाेहराले ३ विकेट हात पारे।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एनसिसि ४० ओभरमा ९ विकेटको क्षतिमा २४० रन बनायाे । उसका खडक बाेहराले ७३,कप्तान रिसिकेश बाेहराले ४१ विक्रम बाेहराले ३६रन जाेडे।
पञ्चकाेटीका जीवन कार्कीले ३, लाेकेन्द्र चन्दले २ विकेट लिए।
एनसिसिका कप्तान रिसिकेश प्लेयर अफ द फाइनल चुनिए ।
यस्तै प्लेयर अफ द सिरिज पञ्चकाेटीका लाेकेन्द्र चन्द,बेस्ट ब्याटर एनसिसिका खडक बाेहरा र बेस्ट बलर दशरथचन्द एकेडेमीका निखिल चन्द चुनिए। सिरिज हुनेले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्यनटरले ५/५ हजार पाए ।

विजेता,उपविजेता तथा अन्य पुरस्कृत खेलाडीलाई बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेल, दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरालगायतले पुरस्कार वितरण गर्नुभयो ।

बैतडी जिल्ला क्रिकेट संघको आयाेजनामा कात्तिक २१ गतेदेखि सुरू प्रतियोगितामा १२ टाेली सहभागी थिए।
प्रतियोगिताबाट प्रधानमन्त्री कप खेल्ने जिल्लाकाे टाेली छनाेट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औ संस्करणको बिडिसिए कपकाे उपाधि एनआरवाइसीले हात पारेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!