बैतडी:बैतडीमा सम्पन्न पहिलाे संस्करणको टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताकाे उपाधि निङलाशैनी वारियरले जितेकाे छ।
आज सम्पन्न फाइनल खेलमा जगन्नाथ अभाेलिङ भेट्रान स्टारलाई ८ विकेटले हराएर वारियरले उपाधि रक्षा गरेको हाे।
जितका लागि पाएकाे १०२ रनकाे लक्ष्य वारियरले ७.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा रिसिकेश बाेहराले अविजित ४०,पुरन रावलले ३०,महेन्द्र मार्कण्डले अविजित २३,राम चन्दले १५ रनकाे याेगदान गरे।
स्टारका लागि महेश पुजारा र राजेन्द्र भट्टले १/१ विकेट लिए।
यसअघि निङलाशैनी खेल मैदान,देहिमाडाैंमा पहिला ब्याटिङ गरेकाे स्टारले १० ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनायाे ।
उसका मनाेज जाेशीले ३४,शेर खत्रीले ३०,टेक चन्दले २४ रन बनाए।
वारियरका लागि राम चन्द र रिसिकेश बाेहराले २/२ विकेट झारे। रिसिकेश म्यान अफ द फाइनल भएका स्काेरर भास्कर बाेहराले बताउनुभयाे।
यसैबीच प्रतियाेगिताभर १८८ रन र ५ विकेट हात पारेका आयाेजक टिमका दीपक बाेहरा म्यान अफ द सिरिज भए।
यस्तै आयाेजककै दीपक पन्त बेस्ट बलर,भेट्रान स्टारका मनाेजराज जाेशी बेस्ट ब्याटर भए।
उपाधिसंगै वारियरले खसी,ट्रफी र प्रमाणपत्र र उपविजेता स्टारले पनि खसी,ट्रफी र प्रमाणपत्र पाएका छन्।
विजेता उपविजेता खेलाडीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरा,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लाेगराज जाेशी,आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहरालगायतले पुरस्कार वितरण गर्नुभयाे।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सञ्चालन भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहेकाे थियाे।
प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।
