बिडिसिए कप: एनसिसि फाइनलमा प्रवेश,रिसिकेश उत्कृष्ट

बैतडी:निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनाैट तथा बिडिसिए कपकाे २२ औं संस्करणकाे फाइनलमा प्रवेश गरेकाे छ।
आज सम्पन्न पहिलाे सेमिफाइनलमा त्रिपुरा क्रिकेट क्लबलाई १०८ रनले हराउदै एनसिसि फाइनलमा सुरक्षित भयाे ।
जितका लागि पाएकाे २५४ रनकाे लक्ष्य पछ्याएकाे त्रिपुरा ३०.५ ओभरमा १४५
रनमा समेटियाे। उसका त्रिलाेक महरले अविजित ४५ रन हिर्काएपनि हार टार्न सकेनन् ।
एनसिसिका लागि कप्तान रिसिकेश बाेहराले चार विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एनसिसि ४० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनायाे । उसका कप्तान रिसिकेश बाेहराले अविजित ६३ र दिपेश बाेहराले ५२ रन जाेडे।
त्रिपुराका सुमित बाेहराले ३ विकेट झारे।

बैतडी जिल्ला क्रिकेट संघको आयाेजनामा कात्तिक २१ गतेदेखि सुरू प्रतियोगिता मंसिर ५ गते सम्पन्न हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!