बिडिसिए कप: दशरथचन्द एकेडेमी सेमिफाइनलमा प्रवेश,निखिलकाे शानदार बलिङ

बैतडी:प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनाैट तथा बिडिसिए कपकाे २२ औं संस्करणकाे सेमिफाइनल समिकरण पूरा भएको छ।

आज सम्पन्न लिग चरणकाे अन्तिम खेलमा दशरथचन्द एकेडेमी अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समिकरण पूरा भएकाे हाे ।
एकेडेमीले ग्वाल्लेक क्रिकेट क्लबलाई १७९ रनले हरायाे ।जितका लागि पाएकाे २५३ रनकाे लक्ष्य पछ्याएकाे ग्वाल्लेक ९.३ ओभरमा ७३ रनमा समेटियाे।

उसका भास्कर जाेशीले २१ रन बनाएपनि अन्यले दाेहाेराे अंकमा रन समेत छुन सकेनन् ।
ग्वाल्लेककाे पारी ध्वस्त पार्ने क्रममा एकेडेमीका निखिल चन्द एक्लैले ८ विकेट चट्काए। ४.१ ओभर बलिङ गरेका निखिलले १ मेडनमा ८ रन मात्रै खर्चिए । उनी प्लेयर अफ द म्याच समेत चुनिए।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एकेडेमीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २५२ रन बनायाे ।
जसमा सुदीप टमटाले अविजित ९३, आयुश चन्दले ५०,निखिल चन्दले ४१ रन हिर्काए।
ग्वाल्लेकका तर्कराज जाेशीले २ विकेट झारे ।

यसअघि त्रिपुरा क्रिकेट क्लब,पञ्चकाेटी क्रिकेट क्लब र निङ्गलाशैनी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन्।
प्रतियोगिता अन्तरगत सेमिफाइनल खेलहरू भाेलीदेखि हुनेछन् ।
पहिलाे सेमिफाइनलमा भाेलि त्रिपुरा र निङ्गलाशैनी र दाेस्राेमा पर्सि पञ्चकाेटी र एकेडेमी भिड्नेछन् ।

बैतडी जिल्ला क्रिकेट संघको आयाेजनामा कात्तिक २१ गतेदेखि सुरू प्रतियोगिता मंसिर ५ गते सम्पन्न हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!