बिडिसिए कप: ग्वाल्लेक विजयी, तर्कराज उत्कृष्ट

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण अन्र्तगत आज भएको खेलमा ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।

ग्वाल्लेकले थालिगडा क्रिकेट क्लबमाथि ७ रनको जित दर्ता गर्यो ।

जितका पाएको १०९ रनको लक्ष्य पछ्याएको थालिगडा १७ दशमलब १ ओभरमा १०१ रनमा अलआउट भयो ।

उसका कल्पेस चन्दले २३,मुकेश चन्दले २१ र नविन ठगुन्नाले २० रनको योगदान गरेपनि हार टार्न सकेनन् ।

ग्वाल्लेकको तर्फबाट म्यान अफ द म्याच समेत भएका तर्कराज जोशीले ५ र गंगादत्त जोशीले ४ विकेट हात पारे ।

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिंग गरेको ग्वाल्लेक १७ दशमलब ३ ओभरमा १०८ रनमा समेटियो ।

जसमा मनोज जोशीले सर्वाधिक २३ रन बनाए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!