बैतडी सदरमुकाम नजिकै एकजना मृत फेला

बैतडी: सदरमुकाम नजिकै एकजना पुरूष मृत फेला परेका छन्।
मृत फेला पर्नेमा जिल्लाकाे दशरथचन्द नगरपालिका-९ का ४० वर्षीय कपिल जाेशी रहेका बैतडी प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।

जाेशी शनिबार दशरथचन्द नगरपालिका-४ बबेत भन्ने ठाउँमा मृत फेला परेका हुन्।

शुक्रबार घरबाट निस्केका जाेशी घर नफर्केपछि खाेजतलास गर्दै जाँदा बबेत भन्ने स्थानमा घाेरेटाे बाटाेबाट १० मिटर तल मृत फेला परेका प्रवक्ता सिंहले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!