खैरो हिरोईनसहित बैतडीमा दुईजना पक्राउ

बैतडी: बैतडीमा लागु औषध खैरो हिरोईनसहित बैतडीमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाटन नगरपालिका ६ कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका ४ का ३० वर्षीय हिमाल भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिनुभयो ।

कठायतको साथबाट ३ ग्राम २२० मिलिग्राम र भट्टको साथबाट ६० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको छ ।

कठायतलाई पाटन बजार क्षेत्रमा हिडिरहेका बेला शंकाको आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा सो परिमाणको लागु औषध सहित नियन्त्रणमा लिइएको हो । भट्टलाई मोहनपुरबाट समातिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक इन्द्रराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!