अबरोड एक्सिलेन्स सेन्टर बन्यो एनसिसिको जर्सी पार्टनर

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)को जर्सी पार्टनरका रुपमा अबरोड एक्सिलेन्स सेन्टर बनेको छ ।

काठमाडौंमा रहेको अबरोड एक्सिलेन्स सेन्टरले प्रत्येक बर्ष जर्सी प्रदान गर्ने एनसिसिका कोषाध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

देहिमाडौंका व्यापारी तेजसिंह बोहराका छोरा कुलदीप बोहराले काठमाडौंमा अबरोड एक्सिलेन्स सेन्टर सञ्चालन गर्दै आउनुभएको छ ।

एनसिसिले सुन्दरखालीमा सञ्चालित बिडिसिए कप प्रतियोगिता खेल्न लागेको छ । बिडिसिए कपका लागि पनि अबरोड एक्सिलेन्स सेन्टरले जर्सी उपलब्ध गराएको हो ।

आज एक कार्यक्रमकाबीच टिमलाई जर्सीसमेत हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा देहिमाडौंका व्यापारी तेजसिंह बोहरा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेशबहादुर बोहरा, एनसिसिका अध्यक्ष वीरसिंह बोहरा,सचिव विनोदबहादुर बोहरा,कोषाध्यक्ष दीपेन्द्रबहादुर बोहरा,सदस्य प्रतिक बोहरालगायतको उपस्थिती रहेको थियो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा बिडिसिए कप दशरथचन्द खेलमैदान,सुन्दरखालीमा सञ्चालनमा रहेको छ ।

एनसिसिको पहिलो खेल कात्तिक २७ गते कैलपालसँग रहेको छ ।

जर्सी प्रायोजन गर्नुभएकोमा अबरोड एक्सिलेन्स सेन्टरलाई एनसिसिले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

जिल्लाकै पुरानो क्लबका रुपमा रहेको एनसिसि क्लबले १ दर्जनबढी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

यस्तो छ बिडिसिए खेल्ने एनसिसिको टिम

कप्तानमा रिसिकेश बोहरा, उपकप्तानमा विक्रम बोहरा, अन्य सदस्यहरुमा गजेन्द्र बोहरा,खडक बोहरा, दिपेश बोहरा,भूपेश बोहरा,समिर बोहरा,राजेन्द्र बोहरा,बसन्त बोहरा, आशिष बोहरा,विजय बोहरा, जय बहादुर नाथ,रोशन बोहरा र विष्णु धामी रहेका छन् ।

यस्तै योगेश भण्डारी,अजय बोहरा, दिपेश बोहरा र वर्षात बोहरा बैकल्पिक खेलाडीको रुपमा टिममा छन् ।

टिम प्रशिक्षकमा रोशन बोहरा र व्यवस्थापकमा चेतन बोहरा रहेका क्लबले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!