काठमाडौँ: अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टी २० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन्।
उनी सो प्रतियोगिताको लागि सोमबार भारात प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नोभेम्वर श्रीलंका जानेछन्।
प्रतियोगिताको उद्घाटन खेल नोभेम्वर ११ अर्थात कार्तिक २५ देखि भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २३ तथा मंसिर ७० गते हुनेछ। नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टी(२० मा सहभागिता जनाउने छन्।
गुप्ता नेपालबाट सिनियर टालीको विश्वकपको खेल खेलाउने नेपालको पहिलो अम्पायर बनेका छन्। यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन्।
उनले श्रीलंकामा हुने यस विश्वकपको भारत र पाकिस्तान बिचको खेलको अम्पायरिङ समेत गर्ने भएका छन्।अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तिहरूमध्ये पर्छन्।
