बैतडी: बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने सबै टाेलीकाे टुंगो लागेको छ।
पहिलाे क्वाटरफाइनल खेलमा कैलपाल क्रिकेट क्लबमाथि १०९ रनकाे सानदार जित दर्ता गर्दै आयाेजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी सेमिफाइनलमा सुरक्षित भएको छ।
दाेस्राे खेलमा नागार्जुन युवा क्लबलाई हराउदै जगन्नाथ भेलेलिङ सेमिफाइनलमा पुग्याे।
तेस्राे खेलमा निङलाशैनी वारियरले कुमारी बैंकलाई स्तब्ध पार्दै अन्तिम चारमा पुग्याे।
अन्तिम तथा चाैथाे खेलमा भुमिराज क्रिकेट क्लबलाई पराजित गर्दै पाटन क्रिकेट क्लब पनि सेमिफाइनलमा सुरक्षित भएकाे छ।
आइतबार सेमिफाइनलका खेलहरू हुने स्काेरर भास्कर बाेहराले जानकारी दिनुभयाे।
पहिलाे सेमिफाइनलमा आयाेजक र जगन्नाथ भिड्दा दाेस्राेमा निङलाशैनी र पाटन आमनेसामने हुनेछन् ।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।
प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।
यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।
प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।
