दशरथचन्दमा सञ्चालित नगर बसको समय तालिका परिवर्तन

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगर बसको समय तालिका आजदेखि परिवर्तन भएको छ ।

सतबाँझबाट झुलाघाटसम्म सञ्चालन हुँदै आएको नगर बसको समय तालिकामा हेरफेर गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो ।

यसअघि बिहान ८ बजे बैतडीको सतबाँझबाट नगर बस सञ्चालन हुँदै आएकोमा अब सतबाँझबाट बिहान साढे ८ बजे बस छुट्ने नगरपालिकाले जनाएको छ । सतबाँझबाट साढे आठ बजे सञ्चालन भएको बस ९ बजेर ३५ मिनेटमा गोठलापानी पुग्ने जनाइएको छ ।

यस्तै गोठलापानीबाट झुलाघाटका लागि बिहान पौने १० बजे बस छुट्ने र बिहान पौने ११ बजे बस झुलाघाट पुग्ने बताइएको छ ।

यस्तै झुलाघाटबाट दिउँसो ३ बजे सञ्चालन हुँदै आएको बस अब दिउँसो पौने ३ बजे फिर्ता हुने बताइएको छ । झुलाघाटबाट फिर्ता भएको नगर बस दिउँसो ४ बजे गोठलापानी पुग्ने र साँझ सवा ५ बजे सतबाँझ पुग्ने बताइएको छ ।

दशरथचन्द नगरपालिकाले गत जेठदेखि नगर बस सञ्चालन गर्दै आएको छ । सतबाँझबाट झुलाघाटसम्म सञ्चालन हुँदै आएको नगर बसले यात्रुहरुलाई सहज भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!