काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता हुने भएको छ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आज (बुधबार) बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति तोकेको हो। योसँगै प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ।
२०७९ सालमा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुदको झन्डा लिएको थियो।
