बिडिसिए कप: तर्ककाे कप्तानीमा ग्वाल्लेककाे टाेली घाेषणा

बैतडी:बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने ग्वाल्लेक क्रिकेट क्लबकाे टाेली घाेषणा गरिएको छ।

तर्कराज जाेशीकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको क्लबले जनाएको छ।

टाेलीका अन्य सदस्यहरूमा मनाेज जाेशी,भास्कर जाेशी,सन्ताेष जाेशी,पारस धामी, सुरज चन्द,ललित जाेशी, पञ्कज जाेशी,चन्द्र जाेशी, भुवन जाेशी,सुर्य जाेशी,मुकेश जाेशी, किरन चन्द र लाेकेश जाेशी रहेका छन्।

यस्तै सुनिल जाेशी, दिपक जाेशी,गंगादत्त जाेशी, भास्कर जाेशी बैकल्पिक खेलाडीकाे सूचीमा रहेका छन्।

टिमकाे व्यवस्थापकमा केशवराज जाेशी र प्रशिक्षकमा दीपक जाेशीलाई चयन गरिएको ग्वाल्लेक क्रिकेट क्लबले जनाएको छ।

बैतडी जिल्ला क्रिकेट संघको आयाेजनामा बिडिसिए कप क्रिकेट यही कात्तिक २१ गतेदेखि दशरथचन्द क्रिकेट मैदानमा हुँदैछ ।

ग्वाल्लेककाे पहिलो खेल मंसिर १ गते थालिगडासंग रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!