सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी कात्तिक २३ र २४ गते धनगढीमा ‘ट्यालेन्ट हन्ट’ आयोजना गर्ने भएको छ।

यो ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुनेछ। 

ट्यालेन्ट हन्टमा सहभागिताका लागि नोमेम्बर ५ (कात्तिक १९ गते) सम्म खेलाडीले नाम दर्ता गरिसक्नु पर्नेछ।

सुदूरपश्चिम रोयल्सले यो ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ। 

एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि शनिबारबाट प्रशिक्षण पनि सुरु गरेको छ।
दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!