बैतडी: बैतडीको सुर्नया गाउँपालिकाबासीहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन एक दिनका लागि निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।
स्थानीय समाजसेवी बिष्टले मतदाता परिचयपत्र बनाउनका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएका हुन् ।
यही कार्तिक १७ गते सोमबारका दिन वडा नं ६ को रीगादेखि सदरमुकामसम्म निशुल्क बस सेवा सञ्चालन गरिने जेनजी अगुवा विशाल भट्टले बताए ।
उक्त दिन बसमा आवतजावत गर्न लाग्ने खर्च रकम सुर्नया गाउँपालिका–२ ग्वानी घर भई हाल भारतको हैदरावादमा रोजगारी गरिरहेका विनोदबहादुर बिष्टले उपलब्ध गराउने उनले बताए ।
मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका सुर्नयाका नागरिकहरुका लागि यो सेवा सञ्चालन गरिने बिष्टले बताए । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि स्वयं व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा पुग्नुपर्ने भएकाले उनीहरुको सहजताका लागि बस सेवा निशुल्क उपलब्ध गराउने तयारी भएको बिष्टले बताए ।
कार्तिक १७ गते बिहान ८ बजेदेखि एक दिनका लागि निशुल्क बस सेवा सञ्चालन गरिने बताइएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नागरिकहरुको सहजीकरणका लागि प्रत्येक वडामा सम्पर्क व्यक्ति तोकिएको भट्टले बताए ।
आगामी निर्वाचनमा नागरिकको सहभागिता बढाउन आफूले यो अभियान सञ्चालन गरेको बिष्टले बताए । यही कार्तिक १० गते परेको आफ्नो जन्मदिनको अवसरमा प्रेरणादायी सामाजिक पहलको यो कार्य गर्ने निर्णय गरेको उनले बताए ।
प्रवासमा रोजगारी गरिरहेका बिष्ट लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् उनले गत वर्ष पनि जन्मदिनमा सुर्नया गाउँपालिकाको केन्द्र, सबै वडा, सामुदायिक विद्यालय, प्रहरी चौकी केही स्वास्थ्य संस्थाहरुमा भित्ते घडी वितरण गरेका थिए ।
कार्तिक १७ गते सञ्चालन हुने बस सेवाका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।


