सुर्नयामा गर्भवतीका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा

बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा गर्भवती आमाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ ।

यहाँको वडा नम्बर –४ मा रहेको भौनेली स्वास्थ्यचौकीमा सेवा सञ्चालन भएको हो ।

स्वास्थ्यचौकीले ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्राप्त गरेपछि नियमित रुपमा गर्भवती आमाहरुका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो ।

सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएको हो ।

उहाँले भन्नुभयो,“स्वास्थ्यचौकीमा अल्ट्रासाउण्डका लागि तालिम प्राप्त जनशक्ति र मेसिन दुवै भएपछि नियमित रुपमा सेवा सञ्चालन गरेका हौं । ”

स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा दिइरहनुभएको छ ।

यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवती आमाहरुको अल्ट्रासाउण्ड हुने गरेकोमा अब नियमित रुपमा सेवा सञ्चालन हुने बताइएको छ ।

सुर्नया गाउँपालिकाले हरेक बर्ष शिविरमार्फत गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताउनुभयो ।

गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दा पेटभित्रको बच्चा र आमा दुवैको स्वास्थ्य अवस्थाका बिषयमा थाहा हुनेछ ।

उहाँले भन्नुभयो,“ गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौं । साथै गर्भावस्थामा कुनै जटीलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र बच्चा दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ । ”

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!