चडेपानीमा ३ तले घरमा आगलागी,प्रहरीद्वारा नियन्त्रणमा

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित ३ तले घरमा आगलागी भएको छ ।

स्थानीय कृष्णानन्द भट्टको घरमा गए्राति आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

भान्छामा बालेको आगो घरमा सल्किएको उहाँले बताउनुभयो ।

३ तले १२ कोठे उक्त घरमा लागेको आगो प्रहरीले राति २ बजे नियन्त्रणमा लिएको हो ।

आगालागी नियन्त्रणका लागि स्थानीय बासिन्दा ,खोचलेक प्रहरी चौकी,इलाका प्रहरी कार्यालय पाटन र जिल्ला प्रहरी कार्यालयको प्रहरीको संयुक्त खटिएको थियो ।

समयमै प्रहरी टोली खटिदा क्षती कम भएको प्रहरीको दाबी रहेको छ ।

आगलागीबाट घरको माथिल्लो तला र त्यहाँ रहेको सरसामान जलेर नष्ट भएको प्रवक्ता बडूले बताउनुभयो ।

क्षतिबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!