सिगासमा एम्बुलेन्स सेवा सञ्चालनमा

बैतडी: बैतडीको सिगास गाउँपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि एम्बुलेन्स सेवा शुरु भएको गाउँपालिकाका अ्रध्यक्ष हरिसिंह धामीले जानकार्री दिनुभयो ।

शिवलिङ्ग स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । सिगास गाउँपालिकाको केन्द्र गर्जेसम्म कच्ची सडकको पहुँच पुगेसँगै एम्बुलेन्स सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो ।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका नागरिकलाई सहज भएको छ ।

गाउँपालिकाले पनि चालु आर्थिक बर्षमा एम्बुलेन्स खरीद गर्ने योजना बनाएको र गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने तयारी रहेको जनाएको छ । सिगास गाउँपालिकामा अहिले कच्ची सडकको पहुँच पुगेको छ ।

आकस्मिक बिरामी र समस्यामा परेका बिरामीहरुलाई एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सहज भएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!