बैतडी: बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताकाे सुपर-८ पुग्ने सबै टाेलीकाे टुंगो लागेको छ। लिग चरणका सबै खेल सम्पन्न भएसंगै सुपर-८ पुग्ने सबै टाेलीकाे टुंगो लागेको हाे।
समूह ए काे विजेता बन्दै आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी, उपविजेता बन्दै निङलाशैनी वारियर,समूह बी बाट जगन्नाथ भेलेलिंग र उपविजेताका रूपमा भूमिराज क्रिकेट टिम सुपर-८ मा पुगेकाे हाे ।
यस्तै समूह सी काे विजेताकाे रूपमा कुमारी बैंक ,उपविजेताकाे रूपमा कैलपाल क्रिकेट क्लब,समूह डी बाट विजेता बनेर पाटन क्रिकेट क्लब र उपविजेताका रूपमा नागार्जुन युवा क्लब अन्तिम आठमा सुरक्षित भएकाे छ।
सुपर-८ का खेलहरू शनिबार सञ्चालन हुने स्काेरर भास्कर बाेहराले जानकारी दिनुभयाे।
सुपर-८ काे पहिलाे खेलमा आयाेजक र कैलपाल,दाेस्राेमा जगन्नाथ र नागार्जुन,तेस्रोमा कुमारी र निङलाशैनी,चाैथाेमा पाटन र भुमिराज भिड्नेछन् ।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।
प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।
यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।
प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।
