बैतडी:बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ क्रिकेट लिग–४ मा टिम डिलाशैनी सेमिफाइनलमा प्रवेश गरेकाे छ।
टिम डाेमिनेटर बलाँचलाई ६२ रनले पराजित गर्दै डिलाशैनी अन्तिम चारमा सुरक्षित भयाे ।
जितका लागि पाएकाे १६२ रनकाे लक्ष्य पछ्याएकाे बलाँच ९९ रनमा समेटियाे ।
जसमा दीपक लुहार सर्वाधिक २३ रन जाेडे।
डिलाशैनीका सन्दीप खत्रीले ३,जनक नाथले २ विकेट लिए।
यसअघि पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे डिलाशैनीले ६ विकेटको क्षतिमा १६१ रन बनायाे।
उसका जीवन कार्कीले ४४ र गाेकुल नाथले ३९ रनकाे याेगदान गरे।
बलाँचका युवराज खडायतले ३ विकेट पाए।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
