पन्ज्युनयाँ  क्रिकेट लिग: शानदार जितसहित आयाेजक सेमिफाइनलमा प्रवेश

बैतडी:बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ अन्तरगत पहिलाे क्वाटरफाइनल खेल सम्पन्न भएको छ।
जसमा आयाेजक सुशितम युवा क्लबले शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।
आयाेजकले लेकम युथ क्लबमाथि १० विकेटको जित दर्ता गर्याे ।
३० रनकाे झिनाे लक्ष्य आयाेजकले २ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा जनक सुनारले अविजित २३ र हेेमन्त कार्कीले ७ रनकाे याेगदान गरे ।
यसअघि पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे लेकम ९ ओभरमा २९ रनमा समेटियाे।
उसका सुरज कार्कीले १२ रन जाेड्नुबाहेक अन्यले दाेहाेराे अंक छुन सकेनन् ।
आयाेजकका लागि जनक सुनारले ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत चुनीए।

१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!