बैतडी: बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ क्रिकेट लिग–४ अन्तरगत क्वाटरफाइनल पुग्ने छ टाेलीकाे टुंगो लागेकाे छ।
समूह ए,सी र डी बाट क्वाटरफाइनल पुग्ने दुई/दुई टाेलीकाे टुंगो लागिसकेको आयाेजक सुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनुभयो ।
समूह ए बाट आयाेजक सुशितम युवा क्लब,टिम डिलाशैनी क्वाटरफाइनलमा सुरक्षित भएका छन्। याे समूहमा रहेकाे सेटिगाउँकाे टाेली लिग चरणबाट बाहिरिएको छ।
समूह सी बाट टिम डाेमिनेटर र लेकम युथ क्लब अन्तिम आठमा पुगेका हुन्। उक्त समूहमा रहेका चम्तडी स्टार र नाैगाड वारियर्य अघिल्लो चरणमा पुग्न सकेनन् ।
समूह डी बाट चाैलानी सभ्य समाज बस्काेट र न्वालीकाे टिम क्वाटरफाइनलमा पुगेकाे छ। याे समूहमा रहेकाे पिपलचाैतारी क्लालिटी टिम भने आउट भएको छ।
समूह बी बाट अब देवभूमी लेकम क्रिकेट टिम, अपीहिमाल गाउँपालिका र मालिकार्जुन पस्तीमध्ये दुई टिम अन्तिम आठमा जानेछन् ।
समूह बी बाट क्वाटरफाइनल पुग्ने दुई टाेलीकाे छिनोफानो भने भाेलिसम्म लाग्ने जनाएको छ।
यसैबीच क्वाटरफाइनल खेलहरू पर्सी २८ गतेदखि हुनेछन् ।
पहिलाे क्वाटरफाइनलमा आयाेजक र लेकम युथ भिड्नेछन् ।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे ।
यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।