शिवनाथ गाउँपालिकाले जेनजी सहिद परिवारलाई एक लाख दिने

बैतडी:जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका २ का दीपक सिंह साउँदको परिवारलाई स्थानीय पालिकाले सहयोग गर्ने भएको छ।

यहाँकाे शिवनाथ गाउँपालिकाले साउँदकाे परिवारलाई १ लाख सहयाेग गर्ने भएकाे हाे।

आज बसेकाे कार्यपालिका बैठकबाट १ लाख सहयाेग गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो ।

sadak

उक्त रकमलाई केही दिनमै हस्तान्तरण गरिने गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयाे।

साउँदकाे परिवारलाई यसअघि गृहमन्त्रालयले पनि १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको थियोे ।

२० वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौंको कालीमाटीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते दीपकको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो ।

साउँद कक्षा १२ पास गरेर कोरिया जानका लागि काठमाडौंमा भाषा सिकिरहेका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!