पन्ज्युनयाँ  क्रिकेट लिग: बस्काेटकाे शानदार सुरूआत,क्वालिटी स्तब्ध

बैतडी: बैतडीको पन्ज्युनयाँमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ अन्तरगत आजकाे दाेस्राे खेलमा चाैलानी सभ्य समाज बस्काेटले शानदार सुरूआत गरेकाे छ।
बस्काेटले पिपलकाेट चाैतारा क्वालिटी क्लबलाई ९० रनले हरायाे।
जितका लागि पाएकाे २२२ रनकाे लक्ष्य पछ्याएकाे क्वालिटीले १३१ रन मात्रै बनाउन सक्यो ।
जसमा जित महरले ५० रन जाेडे।
बस्काेटका दीपक चन्दले २ विकेट हात पारे।
यसअघि पहिला ब्याटिङ गरेकाे बस्काेटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनायाे ।
उसका मुकेश विषेटले ६७ रन हिर्काए।
क्वालिटीका जनक टमटाले २ विकेट झारे ।
बस्काेटका मुकेश विष्ट प्लेयर अफ द म्याच चुनिए।

आजै सम्पन्न पहिलाे खेलमा टिम डाेमिनेटर बलाँचले नाैगाड वारियर्समाथि ८६ रनकाे उत्कृष्ट जित दर्ता गरेकाे थियाे।

sadak

१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!