पन्ज्युनयाँ  क्रिकेट लिग: आजकाे पहिलाे खेलमा टिम डाेमिनेटर विजयी

बैतडी: बैतडीको पन्ज्युनयाँमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ अन्तरगत आजकाे पहिलो खेलमा टिम डाेमिनेटर बलाँच विजयी भएकाे छ।
डाेमिनेटरले नाैगाड वारियर्समाथि ८६ रनकाे उत्कृष्ट जित दर्ता गर्याे ।
जितका लागि पाएकाे १५० रनकाे लक्ष्य पछ्याएकाे नाैगाडले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ६४ रन मात्रै बनाउन सक्याे।
जसमा नवीन ठगुन्नाले सर्वाधिक १६ र करन ठगुन्नाले ११ रन बनाउन बाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
डाेमिनेटरका लागि राेजन खठायत र युवराज खडायतले २/२ विकेट झारे ।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे डाेमिनेटर १५ ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायाे । उसका राेशन खडायतले अर्धशतकीय पारी खेल्दै ६० रन हिर्काए। उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

नाैगाडका द्राेण पालले ३ विकेट लिए।

sadak

१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!