बैतडी: बैतडीको पन्ज्युनयाँमा जारी पन्ज्युनयाँ क्रिकेट लिग–४ अन्तरगत पहिलो खेलमा आयाेजक सुशितम युवा क्लब विजयी भएकाे छ।
टिम डिलाशैनीलाई ३० रनले पराजित गर्दै सुशितमले विजयी सुरूवात गरेकाे हाे ।
जितका लागि पाएकाे १२२ रनकाे लक्ष्य पछ्याएको डिलाशैनी १४.३ ओभरमा ९१ रनमा अलआउट भयाे ।
जसमा दीपक बाेहराले सर्वाधिक ४६ रनकाे याेगदान गरे ।
सुशितमका कप्तान अशाेक सिंह कार्कीले ४ विकेट झारे ।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे सुशितमले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १२१ रन जाेड्याे ।
उसका जनक सुनारले सर्वाधिक २६ रन हिर्काए।
डिलाशैनीका दीपक बाेहरा र गाेकुल नाथ याेगीले २/२ विकेट लिए।
सुशितमका कप्तान अशाेक प्लेयर अफ द म्याच चुनिए।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे ।
यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।