सिगासमा आगलागी, जलेर आठ पुशचौपाया मरे

बैतडी:आगलागीबाट बैतडीमा ८ पशुचाैपाया मरेका छन्।
जिल्लाको सिगास गाउँपालिका २ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा शुक्रबार दिउँसो २ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयाे । 

भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केको र उक्त आगाले घरमा सल्किपछि पशुचौपायामा क्षति भएको हो । 

आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन् । यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयाे । 

घरमा सल्केको आगो स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!