बैतडी:बैतडीको पन्ज्युनयाँमा शूरू पन्ज्युनयाँ क्रिकेट लिग–४ अन्तरगत आजका खेल पनि स्थगित भएका छन्।
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँ खेलमैदानमा
हुने भनिएका खेलहरू वर्षाका कारण स्थगित भएका हुन्।
लगातारकाे वर्षाकाे कारण मैदान भिजेकाले आजका खेलहरू पनि स्थगित गरिएका प्रतियोगिताका अम्पायर अभिषेक कार्कीले बताउनुभयाे।
अब थप वर्षा नभए भाेलिदेखि खेलहरू नियमित हुने जनाएको छ। यसअघि हिजाे पनि प्रतियोगिताकाे उद्घाटन खेल पनि वर्षाका कारण स्थगित गरिएको थियाे।
भाेलिदेखि उद्घाटनदेखिकै खेल नियमित रूपमा सञ्चालन हुने कार्कीले बताउनुभयो । उहाँले भन्नुभयाे,”उद्घाटन खेल र त्यसपछि रहेकाे खेलतालिकाअनुसार नै भाेलिदेखि क्रमशः अन्य खेलहरू पनि सञ्चालन हुनेछन् ।”
असाेज २१ गतेदेखि शुरू भएको प्रतियोगिता अब दुई पछि कात्तिक १ गते समापन हुनेछ।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
