बैतडी: बैतडीको पन्ज्युनयाँमा आजदेखि पन्ज्युनयाँ क्रिकेट लिग–४ शुरू भएको छ।
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँ खेलमैदानमा प्रतियोगिताकाे एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएकाे हाे।
प्रतियोगिताकाे उद्घाटन समाराेहमा आयाेजक सुशितम
युवा क्लबका अध्यक्ष विरसिंह कार्की,दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्ष पार्वती कार्की, प्रमुख प्रशासकीय अधिकृत नरेशराज जाेशी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेकाे थियाे।
उद्घाटन समाराेहमा बाेल्दै अध्यक्ष कार्कीले प्रतियोगिताकाे क्रिकेट खेलकाे विकास हुने बताउनुभयो । यसका साथै प्रतियोगितालाई निश्पक्ष र अनुशाशीत ढंगले सम्पन्न गर्न आग्रह गर्नुभयाे।
प्रतियोगिताकाे अन्तरगत आज हुने भनिएको खेल भने स्थगित भएकाे छ। उद्घाटन खेलमा आयाेजक सुशितम
युवा क्लब र टिम डिलाशैनीबीच हुने तालिका रहेकाे थियाे। याे खेल भने अर्काे दिन खेलाइने र भाेलिदेखिकाे खेल भने साविककै कार्यतालिकाअनुसार हुने आयाेजकले जनाएको छ।
१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिता असाेज ३० गते सम्पन्न हुने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे ।
प्रतियोगिता विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउनेछ। यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
