पन्ज्युनयाँ  क्रिकेट लिग भाेलिदेखि, खेलतालिका सार्वजनिक

बैतडी: बैतडीको पन्ज्युनयाँमा हुने सर्वाधिक धनराशिको टेनिस बल पन्ज्युनयाँ  क्रिकेट लिग–४ प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ।

असाेज २१ गतेदेखि शुरू हुने प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई ४ समूहमा विभाजन गरिएको आयाेजक सुशितम युवा क्लबका सदस्य अशाेकसिंह कार्कीले जानकारी दिनुभयो ।

समूह ए मा आयाेजक सुशितम युवा क्लब,डिलाशैनी र सेटिगाउँ रहेका छन्।

समूह बी मा देवभुमी लेकम क्रिकेट क्लब,अपीहिमाल गाउँपालिका र मालिकार्जुन पस्तीलाई राखिएको छ।

समूह सी मा नाैगाड वारियर्स,लेकम युथ वडा नम्बर २,टिम डाेमिनेटर र चम्तडी स्टार रहेका छन्।

यस्तै समूह डी चाैलानी सभ्य समाज बस्काेट, पिपलचाैतारा क्वालिटी क्लब र न्वाली राखिएका छन्।

प्रतियोगिताकाे उद्घाटनमा आयाेजक सुशितम युवा क्लब र डिलाशैनी भिड्नेछन् ।

sadak

असाेज २६ गतेसम्म लिग चरणका खेल हुनेछन् ।

प्रत्येक समूहबाट दुई टिम क्वाटरफाइनल पुग्ने र
क्वाटरफाइनल खेल असाेज २७ र २८ गते हुनेछन् ।

सेमिफाइनल खेल असाेज २९ र फाइनल भिडन्त असाेज ३० गते हुने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे ।

असाेज २१ गते दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँ खेलमैदानमा प्रतियोगिताकाे एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिनेछ।

उद्घाटन समाराेहमा दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्ष पार्वती कार्की, प्रमुख प्रशासकीय अधिकृत नरेशराज जाेशी, जनप्रतिनिधिलगायतको उपस्थिति रहने जनाएको छ।

प्रतियोगिता विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउनेछ। यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
 ‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुने टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ। 

यसअघि ३ संस्करण सम्पन्न गरिसकेको आयोजक सुशितम युवा क्लबले प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने जनाएको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।
खेलतालिका:- 

Oplus_131072

Oplus_131072

Oplus_131072

Oplus_131072

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!