पन्ज्युनयाँ  क्रिकेट लिग एक दिन धकेलियाे, असाेज २१ देखि हुने

बैतडी: बैतडीको पन्ज्युनयाँमा हुने सर्वाधिक धनराशिको टेनिस बल पन्ज्युनयाँ  क्रिकेट लिग–४ प्रतियोगिता असाेज २१ गतेदेखि हुने भएकाे छ।

यसअघि असाेज २० देखि हुने भनिएको एक दिन पछि सारिएको आयाेजक  सुशितम युवा क्लबका सदस्य अशोक सिंह कार्कीले जानकारी दिनुभयाे।

गृह मन्त्रालयकाे निर्देशनअनुसार प्राकृतिक जाेखिम कायम रहेकाेले प्रतियोगिता पनि एक दिन पछि धकेलिएको जनाएको छ।
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँ खेलमैदान हुने प्रतियोगिताकाे तयारी समेत अन्तिम चरणमा पुगेकाे आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे।

प्रतियोगिता विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउनेछ। यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिनुभयाे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
 ‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ। 

यसअघि ३ संस्करण सम्पन्न गरिसकेको आयोजक सुशितम युवा क्लबले प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने जनाएको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!