पन्ज्युनयाँ  क्रिकेट लिगकाे तयारी धमाधम, टिम दर्ताको आज अन्तिम दिन

बैतडी: बैतडीको पन्ज्युनयाँमा हुने सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा हुने पन्ज्युनयाँ  क्रिकेट लिग–४ यही असोज २० गतेदेखि हुँदैछ ।

 सुशितम युवा क्लबको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाे क्लबका सदस्य अशोक सिंह कार्कीले जानकारी दिनुभयाे।

सहभागी हुने टिम दर्ताकाे क्रम चलिरहेको र आज अन्तिम दिन रहेको उहाँले बताउनुभयाे।
टिमहरू दर्ता भइसकेपछि खेलतालिका सार्वजनिक गरिने कार्कीले बताउनुभयाे।

प्रतियोगिता सञ्चालन हुने पन्ज्युनयाँ खेलमैदानमा मर्मतसम्भार लगायतको काम भइरहेकाे छ।
विजेता टाेलीले रु दुई लाख २२ हजार पुरस्कार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे।

यस्तै प्रतियोगिताको उपविजेता टोलीले ६६ हजार पाउनेछ। सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।
 ‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ। 

आयोजक सुशितम युवा क्लबले यसअघि ३ संस्करण सम्पन्न गरिसकेको छ। प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीको विश्वास रहेको छ।
 
यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!