सर्वाधिक धनराशीको पन्ज्युनयाँ क्रिकेट लिग असोज २० देखि

बैतडी: देशकै सर्वाधिक धनराशीको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँमा हुने पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० गतेदेखि हुने भएको हो ।

सुशितम युवा क्लवको आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख २२ हजार रहेको क्लवका सदस्य अशोक सिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उपविजेता टोलीले ६६ हजार पाउनेछ । सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कारको दिइनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार ७७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको आयोजक क्लवका सचिव जगदीशसिंह कार्कीले बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुने प्रतियोगिताको टिम दर्ता खुल्ला गरिएको छ ।

सहभागी हुन चाहने टिमले असोज १७ गतेसम्म दर्ता गराइसक्नुपर्नेछ । टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ ।

आयोजक सुशितम युवा क्लवले पन्ज्युनयाँ खेलमैदानमा गएको लगातार रुपमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने क्लवका अध्यक्ष वीरसिंह कार्कीको विश्वास रहेको छ ।

यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!